बाजुरा जीप दुर्घटना: तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

जनता संवाददाता
२०८२ जेष्ठ १३ गते, मंगलवार

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर(२ काँडाकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

आज बिहान जगन्नाथको पिलुचौर बाट जगन्नाथको काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मतका लागि टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का लगायत कर्मचारी चढेको टेलिकमकै बा ५ च २२०९ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको र २ जना गम्भीर घाइते भएका प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृतक लगायत गम्भीर घाइतेलाई एम्बुलेन्समा सदरमुकाम मार्तडी ल्याउन लागिएको र उनीहरूको पहिचान हुने क्रम जारी रहेकाले थप विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देब बहादुर चौधरीले बताए । जिप सडक बाट अन्दाजी ८० मिटर तल खसेको जनाइएको छ ।

बाजुरामा यात्रु बाहक जीप दुर्घटना ३ जनाको मृत्यु

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते, मंगलवार


Scroll to Top

Janata Media