बाम्का बजार आगलागीमा १९ करोड बढिको क्षति

जनता संवाददाता
२०८२ जेष्ठ २६ गते, सोमबार

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका– ६, बाम्का बजारमा शुक्रबार दिउँसो लागेको भीषण आगलागीबाट १९ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

बुढीगंगा नगर प्रमुख रामबहादुर बानियाँले हालसम्म १९ करोड ६ लाख ४० हजार ९ सय ९९ रुपैयाँ बराबरको क्षतिको विवरण सङ्कलन भएको बताए । आगोले २० वटा पसल पूर्ण रूपमा र १४ पसल आंशिक रुपमा जलेका छन् ।

आगलागीपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ दिने निर्णय गरेको छ भने बुढीनन्दा नगरपालिका र स्वामिकार्तिक गाउँपालिकाले एकरएक लाख, त्रिवेणी नगरपालिकाले १० लाख र बुढीगंगा नगरपालिकाले पाँच लाख सहयोग गर्ने निर्णय गरिसकेका छन् । यस्त, विभिन्न निकायबाट राहत सङ्कलनको कार्य भइरहेको छ ।

आगलागीबाट पिडित बनेकाहरूलाई राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते, सोमबार


Scroll to Top

Janata Media