सरकारी बेवास्ताले व्यापारी मनोमानी गर्न खोज्दै, भन्सार कर्मचारी चिसोले कठ्याङ्ग्रिए

जनता संवाददाता
२०७९ पुष १९ गते, मंगलवार

हुम्ला । चीनले एक तर्फि रुपमा हुम्लाको यारी नाका खोले सँगै मानिसहरुको चहल पहल तिव्र बनेको छ । सरकारी संयन्त्र चुस्त नहुँदा त्यहाँका व्यापारीहरुले मनोमानीगर्न खोजेको गुनासो आउन थालेको छ ।

यारी नाका तथा आसपासको क्षेत्रमा अहिले तापक्रम माइनस १५ डिग्रि सेल्सियसमा झरेको छ । भन्सारमा कार्यरत कर्मचारी तथा सुरक्षा कर्मीहरुको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामान, लत्ता कपडा उपलब्ध गराईएको छैन ।

भन्सार कार्यालय प्रमुख रामराज जैसीका अनुसार चीनले एकतर्फि नाका सञ्चालनमा ल्याएपनि सरकारी तवरबाट नाका खोल्ने प्रयास कुनै पनि नभएकोले त्यहाँका स्थानीय व्यापारीहरुले मनोमानी तरिकाले सामान ल्याउन खोजेको बताएका छन् ।

– १५ डिग्रि सेल्सियसमा काम गरिरहेका भन्सार प्रमुख रामराज जैसी

उनले भने, ‘चीनले एक तर्फि रुपमा नाका खोलेपनि नेपास सरकारका तर्फबाट सरकारी तबरबाट नाका खोल्ने कुनै पनि प्रयास भएको छैन । व्यापारीहरुले आफ्नै मनोमानी ढंगले समान ल्याउन खोजेका छन् । मुख्य कुरा त, भन्सारमा काम गर्ने कर्मचारीहरुलाई सुरक्षाको कुनै पनि प्रत्याभूति गराईएको छैन ।’

“अत्यन्तै चिसोका कारण भन्सारका हामी कर्मचारीहरु बस्न सक्ने अवस्थामा पनि छैनौँ । यसमा सरकारले तुरुन्तै समस्या समाधान गरोस् भन्ने हामी चाहन्छौँ ।”

गएको पुष १३ तगे बुधबारबाट चीनले एक तर्फि रुपमा नाका खोलेको थियो ।

प्रकाशित मिति : २०७९ पुष १९ गते, मंगलवार


Scroll to Top

Janata Media