ला‍ओस र नेपालबीचको खेल बराबरी, नेपालको तर्फबाट अन्जन बिष्टको गोल

जनता संवाददाता
२०८० आश्विन २५ गते, बिहीबार

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको पहिलो चरणको खेलमा नेपाल र लाओसले आज एकएक गोलको बराबरी खेलेका छन्।

केहीबेर अघि सकिएको खेलमा नेपालले एक गोल फर्काएसँगै बराबर भएको हो ।

लाओसका कप्तान बुङकोङले खेल सुरु भएको ३३ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा नेपालका लागि अञ्जन बिष्टले बराबरी गोल गरेका हुन् ।

उनको गोलले नेपालको हार टारिएको थियो । बिष्टले बराबरी गोल मात्रै गर्नु भएन, नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान पनि बराबरी गरेका छन् ।

प्रकाशित मिति : २०८० आश्विन २५ गते, बिहीबार


Scroll to Top

Janata Media