आज – ०९ आषाढ २०८२ सोमवार; यस्तो छ तपाईँको राशिफल

जनता संवाददाता
२०८२ असार ९ गते, सोमबार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सञ्चित धनमा वृद्धि हुनेछ। बोलिको प्रभावले कार्य सिध्द गर्न सकिएला। प्रियजनसँग भेटघाट वा घुमफिरको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। कानुन विपरीत कार्य नगर्नुहोला। आम्दानीका नँया स्रोत बढ्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्वपूर्ण कार्यको थालनी हुनेछ। व्यापार व्यवसायमा राम्रो लाभार्जन गर्न सकिनेछ। युवा वर्गहरूलाई करियरलाई लिएर चिन्ता रहनेछ। पिताको सहयोग मिल्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मविश्वासमा वृद्धि हुनेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ। चिकित्सा वा सामाजिक सञ्जालको क्षेत्रमा सफलता मिल्नेछ। योग्यताको उचित मूल्यांकन गरिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू बन्नेछन्। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बन्नेछन्। कृषि वा पशुपालनबाट मनग्य लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चिताएको कार्यसमयमा सम्पादन हुनाले मन उत्साहित रहनेछ। स्वास्थ्यको लागि आहारविहारमा ध्यान राख्नुहोला। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। रमाइलो जमघटको बिच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। व्यक्तित्वलाई निखार्ने समय रहेको छ। कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव आउनेछ। आजको शुभ रंग सतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तारिफ योग्य कार्यले लोकप्रियता बढाउनेछ। बिशष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अवसरवादीहरूले फसाउन सक्लान् सावधान रहनुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताले कार्यहरू अगाडि बढ्नेछन्। रोकिएका कार्यसम्पादन गर्न सकिनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। धर्मकर्मप्रति मन जानेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक सद्भाव बढ्नेछ। आफुले गरेको कार्यमा अरुले दाबी गर्न सक्लान् सावधान रहनुहोस्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। माताको स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा लाभ रहनेछ साथै पशुपालन वा कृषिबाट पनि लाभ प्राप्त गर्न सकिनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धैर्य र पराक्रम वृद्धि हुनेछ। सोचेको कार्यसम्पादन हुनाले अरु कार्यप्रति उत्साह जाग्नेछ। आवश्यक भौतिक संसाधन जुटाउन सकिनेछ। ठेकापट्टानको कार्यबाट विशेष लाभ मिल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

प्रकाशित मिति : २०८२ असार ९ गते, सोमबार


Scroll to Top

Janata Media