काठमाडौं । कृत्रिम बौद्धिकताको प्रयोगसँगै बौद्धिक क्षेत्रमा पर्ने सकारात्मक र नकरात्मक असरबारे प्रशिक्षण तथा छलफल भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मिडिया एड्भोकेसी ग्रुप (म्याग) को संयुक्त आयोजनामा बुधबार ललितपुरमा आयोजित ‘आर्टिफिसियल इन्टेलिजेन्सको अवधारणा, चुनौती र अवसरहरु विषयक अभिमुखीकरण’ कार्यक्रममा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धित सो कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षक प्रवेश सुवेदीले एआईको प्रयोगले विशेषगरी बौद्धिक क्षेत्रमा असर पारिरहेको बताए । यसको सकारात्मक र नकरात्मक दुवै असर रहेको उनको भनाइ छ ।
एआईले शिक्षा, स्वास्थ्य, कृषिसँगै राजनीतिज्ञको पक्षमा कस्तो जनमत छ भन्ने प्रक्षेपण समेत गर्ने गरेको उनले बताए ।
खासगरी महिला राजनीतिज्ञले सामाजिक सञ्जालमा औपचारिक धारणा राख्न, जनमत विश्लेषण गर्न, सञ्चारका क्षेत्रमा समाचार तथा प्रेस विज्ञप्ति आदनप्रदान गर्न तथा जनतासँग आफ्नो सम्बन्ध चुस्तदुरुस्त बनाइराख्न् एआईको प्रयोग लाभदायी हुने भनाइ राखे ।
म्यागका कार्यकारी निर्देशक बबिता बस्नेतले एआई तथा च्याटजिपीटीसँग मानिसको भावनात्मक सम्बन्ध समेत वृद्धि हुँदै गएको बताए ।
राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी पौडेलले कृत्रिक बौद्धिकताको विकाससँगै मौलिक ज्ञान र क्षमताको पनि विकास हुनुपर्ने बताए ।







