त्रिचन्द्र क्याम्पस स्ववियु निर्वाचनका लागि अखिल (क्रान्तिकारी) बाट ३ जना सिफारिस

जनता संवाददाता
२०७९ फाल्गुन २५ गते, बिहीबार

रेशम अधिकारी, काठमाडौ । आगामी ५ चैत मा त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । जसका लागि विद्यार्थी नेताहरूको दौडधुप समेत बढेको छ ।

स्ववियु टिकटका लागि विद्यार्थी नेताहरू कसरतमा छन् । त्रिचन्द्र क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी बढेको छ ।

त्रिचन्द्र क्याम्पसमा देशैभरिको तुलनामा सबैभन्दा धेरै २४ राजनीतिक संघ संगठनले स्ववियु चुनावका लागि संगठन दर्ता गराएका छन् । त्रिचन्द्र क्याम्पसमा पछिल्लो समय शक्तिशाली बन्दै आएको अखिल (क्रान्तिकारी)ले पनि संगठन दर्ता गराएको छ ।

अखिल (क्रान्तिकारी)को तर्फबाट त्रिचन्द्र क्याम्पस स्ववियु सभापतिका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पसका पुर्व उपाध्यक्ष तथा मानवबिज्ञान स्नातकोत्तर तहमा क्याम्पस प्रथम समेत रहेका अशोक भण्डारी, उपत्यका बिशेष प्रदेश सदस्य महेश गिरि र क्याम्पस इकाई अध्यक्ष प्रदिप भण्डारी र इकाई उपाध्यक्ष प्रेम तामाङ् क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिको लागि दौडधुपमा छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते, बिहीबार


Scroll to Top

Janata Media