विराटनगरद्वारा सन्दीपसहिच पाँच खेलाडी रिटेन

जनता संवाददाता
२०८२ असार २२ गते, आईतवार

काठमाडौँ । विराटनगर किंग्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सन्दीप लामिछानेसहित पाँच खेलाडीलाई रिटेन गरेको छ ।

विराटनगरले सन्दीपलाई मार्की र कप्तानको रूपमा रिटेन गरेको हो । यस्तै रिटेन हुने अन्य खेलाडीमा यु–१९ नेपाली राष्ट्रिय टोलीका कप्तान नरेन भट्ट, लोकेश बम, बसिर अहमद, प्रतिश जिसी र सुवास भण्डारी छन्।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनी अक्सन हुनुअघि फ्रेन्चाइज टोलीले धमाधम खेलाडी रिटेन र रिलिज गर्न थालेका हुन् ।

 

प्रकाशित मिति : २०८२ असार २२ गते, आईतवार


Scroll to Top

Janata Media