![](https://janatamedia.com/wp-content/uploads/2023/01/324578927_486182483672857_8052190517830118300_n.jpg)
काठमाडौँ । जनमत र नागरिक उन्मुक्ति पार्टीबिच मोर्चाबन्दी गर्ने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष डा। सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
रेशम चौधरीसँगै टीकापुर घटनाका राजबन्दीको रिहाइका लागि पहल गर्ने, देउवा सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्न सरकारलाई दबाव दिने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्न दुबै दल सहमत भएका छन् ।
आन्दोलनका क्रममा दुबै दलका कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता, राउतसँग २४ फागुन २०७५ मा भएको सम्झौता कार्यान्वयन, नागरिकता विधेयक पास र किसान आन्दोलनका मुद्दा कार्यान्वयन गर्न पनि दबाव दिने दुई दलको सहमति छ ।
जनमत पार्टीले मधेश र नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ ।
हेर्नुहोस नागरिक उन्मुक्ति र जनमत पार्टीको संयुक्त विज्ञप्ति :