काठमाडौं । बुधबार दिउँसो मालिका गाउँपालिका –३ लुप्सीपारमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
मालिका गाउँपालिका –३ का ३५ वर्षिय जगेन्द्र बिक र उनका १३ वर्षिय छोरा सरोज बिक घरनजिक बारीमा घाँस काट्ने क्रममा पहिरो जाँदा पुरिएर बेपत्ता भएका थिए ।
स्थानीयले खोजी गर्दा बाबा जगेन्द्रको शव भेटिएको भए पनि छोराको शव फेला नपरेको मालिका गाउँपालिका –३ का वडा सदस्य कुलबहादुर बुढाले जानकारी दिए ।
पहिरोले पुरिएकाहरुको स्थानीयले खोजी गरिरहेको र इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए ।







