हुम्ला ट्याक्टर दुर्घटनाः एकको मृत्यु, ४ जना सुर्खेत रिफर

जनता संवाददाता
२०८२ श्रावण ३ गते, शनिबार

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर १ बैजीबाडास्थित सडकमा दोजामदेखि खार्पुनाथतर्फ जाँदै गरेको क.प्र.०२९००१ त ३५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार खार्पुनाथ गाउँपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय मिलन बोहोराको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १२ जना मध्ये ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।

प्रकाशित मिति : २०८२ श्रावण ३ गते, शनिबार