हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडा नं २ र ४ जोड्ने लोती खोलाको बेलिबृज साउन १३ गते उद्घाटन हुने भएको छ। केही दिन अघि मात्रै निर्माण सम्पन्न भए सँगै बेलिबृजको उद्घाटन साउन १३ गरिने भएको हो ।
बेलिबृजको उद्घाटन कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री जीवन बहादुर शाहीको हातबाट गरिने पूर्वाधार कार्यालय हुम्लाका कार्यालय प्रमुख ई.नरेश जैसीले जानकारी दिए ।
गत वर्ष मात्रै ठेक्का आह्वान गरेको पूर्वाधार कार्यालय हुम्लाले समयमै निर्माण सम्पन्न गरेको हो । बेलिबृज निर्माण सम्पन्न भएसँगै हुम्लाका नागरिकलाई रारा, मुगु हुँदै जुम्ला जान र व्यापार व्यवसाय प्रभावकारी बनाउने छ । यसले सिङ्गो हुम्लाको विकासको गतिलाई टेवा पुर्याउने छ ।







