अब फोनकलमै आउनेछ बाढीको पूर्वसूचना

जनता संवाददाता
२०८२ भाद्र १० गते, मंगलवार

काठमाडौँ । अब नदी किनार तथा बाढी प्रभावित क्षेत्रका नागरिकले फोनकलबाट बाढीको पूर्वसूचना पाउने भएका छन् । यसका लागि जल तथा मौसम विज्ञान विभागले बाढी प्रभावित क्षेत्रका जनताको मोबाइलमै बाढीको पूर्वजानकारी गराउने तयारी गरेको छ । विभागले ‘इन्ट्रयाक्टिभ भ्वाइस रेस्पन्स’ (आइभिआर) प्रणाली लागु गर्न लागेको जनाएको छ ।

मोबाइलमा फोन गरेर बाढी प्रभावित क्षेत्रका जनतालाई जानकारी गराउने प्रविधि नेपालमा पहिलो पटक लागु गर्न लागिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसअघि विभागले ‘एसएमएस’ मार्फत बाढीको पूर्वजानकारी गराउँदै आएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले भने, “नेपालमा पहिलो पटक लागु गर्न लागिएको यस प्रणालीको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

अर्को हप्ताबाट यो प्रणाली कार्यान्वयनमा आउने छ । नेपाल टेलिकमको सहयोगमा यो प्रणाली लागु गर्न लागिएको हो ।” बाढी आउने खतरा देखिएका क्षेत्रका जनतालाई यसअघि एसएमएसमार्फत सन्देश प्रवाह गर्दै आएकामा अबदेखि फोनकलमार्फत नै बाढीको पूर्वसूचना तयारी गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ भाद्र १० गते, मंगलवार


Scroll to Top

Janata Media