नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबीच ‘डिजिटल पेवाल’ मा सहकार्य

जनता संवाददाता
२०८१ कार्तिक १ गते, बिहीबार

काठमाडौँ । नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबीच ‘डिजिटल पेवाल’ मा औपचारिक रूपमा आज सहकार्य भएको छ । अब रिपब्लिक मिडियाका ग्राहकले निश्चित शुल्क तिरेर डिजिटल ग्राहकका रूपमा न्युयोर्क टाइम्सका डिजिटल सामग्रीमा पूर्ण पहुँच प्राप्त गर्न सकिने बताइएको छ ।

समारोहमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले यी दुई प्रकाशनबीचको सहकार्यले दुई देशबीचको सम्बन्धलाई पनि थप मजबुद बनाउने विश्वास व्यक्त गरे ।

यस्तै रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले यस सहकार्यले विज्ञापनमै निर्भर स्थानीय सञ्चारमाध्यमलाई आम्दानीका नयाँ स्रोत पहिल्याउन सहयोग गर्ने बताए । उनका अनुसार रिपब्लिका र नागरिकका ग्राहकलाई वार्षिक शुल्क रुपैयाँ तीन हजार पाँच सयमा न्युयोर्क टाइम्सका समाचार, खेल, पाककला, श्रव्य, वायरकटर, दि एथलेटिक्सलगायत सामग्री पूर्ण पहुँच हुनेछ ।

प्रकाशित मिति : २०८१ कार्तिक १ गते, बिहीबार


Scroll to Top

Janata Media