काठमाडौँको रिङ्गरोड क्षेत्रमा बिहान ८ बजेदेखि कर्फ्यू आदेश

जनता संवाददाता
२०८२ भाद्र २४ गते, मंगलवार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथ क्षेत्रभित्र कर्फ्यू लगाएको छ । मङ्गलबार आज बिहान ८ः३० बजेदेखि काठमाडौँको रिङ्ग रोड चक्रपथभरि प्रशासनले कर्फ्यू लगाएको हो ।

काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भागमा कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते, मंगलवार


Scroll to Top

Janata Media