काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गर्ने आन्दोलनका लागि हुम्लाका राप्रपा नेता काठमाडौँ आएका छन् । हुम्ला जिल्ला अध्यक्ष विकास महतको नेतृत्वमा आन्दोलनका लागि काठमाडौँ आएका हुन् ।
आन्दोलनका लागि राप्रपा कार्यवाहक जिल्ला अध्यक्ष नरेन्द्र शाही, पूर्व केन्द्रिय सदस्य वृष बहादुर महत,पूर्व जिल्ला अध्यक्ष नैनसिंह रावत लगायत नेताहरु काठमाडौँ आएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि जेठ १५ गतेदेखि अनिश्चितकालिन आन्दोलनको घोषणा गरेको छ ।







