१०० एसियाली वैज्ञानिकको सूचीमा पाँच नेपाली, हुम्लाका रिन्जीन फुन्जोक पनि

जनता संवाददाता
२०८२ आश्विन १० गते, शुक्रबार

काठमाडौँ । एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँचजना छनोट भएका छन् ।

‘एसियाली साइन्टिष्ट म्यागजिन’ले हालै प्रकाशन गरेको सो सूचीमा काठमाडौँ विश्वविद्यालयका फ्रेनशन प्रधान, फ्रेन्स अफ नेचरका राजु आचार्य, इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिष्टका रिन्जिन फुनजोक लामा, राप्ती इञ्जिनियरिङ कलेजका डा. शैलेन्द्र गिरी र नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका टिष्टा प्रसाईं जोशी छनोट भएका छन् ।

हुम्लाको सिमकोट गाउँपालिका – ३ बरगाउँका रिन्जीन फुन्जोक लामा विज्ञानमा स्नातक सकिएपछि वन्यजन्तु संरक्षणका क्षेत्रमा सन् २०१३ देखि काम गर्दै आएका युवा वैज्ञानिक हुन् ।

लामाले यसअघि पनि वन्यजन्तु संरक्षणका क्षेत्रमा उल्लखनिय काम गरेको भन्दै सन् २०२२ मा साढे दुई करोड राशीको रोलेक्स अवार्ड र सन् २०२३ मा ७५ लाख राशीको नेचर अवार्ड प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०८२ आश्विन १० गते, शुक्रबार


Scroll to Top

Janata Media