
विश्वभरि छरिएर रहनुभएका नेपालका लागी नेपाली भन्दै नेपालीहरूबिच एक आपसको एकता, सद्भाव, सहकार्य सङ्गै भाइचाराको सम्बन्ध कायम गर्दै कार्यक्षमता स्रोत र हक अधिकार प्राप्त ज्ञान सीपलाई संस्थागत गर्दै सिकेको ज्ञान सिप क्षमता प्रविधिलाई परिचालन गर्दै स्वदेशको विकासमा टेवा पुर्याउने उद्देश्यका साथै संस्थागत गर्ने र विश्वभरि छरिरहनु भएकालाई नेपालीलाई एकता गर्दै गैर आवासीय नेपाली सङ्घको एनआरएनएको औपचारिक रुपमा काठमाडौँमा स्थापना भएको थियो । एनआरएनएको गर्भ रसियामा, जन्म लन्डनमा र नामाकरण २००३ काठमाडौँमा भएको भन्ने गरिन्छ ।
एनआरएनको स्थापनासँगै विश्वका विभिन्न मुलुक झन्डै ८१ देशहरूमा राष्ट्रिय परिषद्हरू विस्तारित गरिएको विश्व भरी स्थापना गर्ने योजना गरेको NRNA ले त्यो अनुरूप विश्वभर छरिएका नेपालीलाई तथा नेपाली मनहरूलाई एकीकृत गर्दै साथ सहयोगले छिट्टै लोकप्रिय बनेको यस संस्थाले जापान लगायत विभिन्न देशमा नेपाली समाज र नेपाली समुदायहरूलाई एकजुट गराउने गरी उनीहरूको समस्यालाई सम्बोधन गरेर नेपाली मूलका विदेशमा छरिएका दोस्रो र तेस्रो पुस्ता लगायत विश्वलाई नेपाल र नेपाली भेसभुसा कला संस्कृती लाई चिनाउँदै पर्यटकीय क्षेत्रमा टेवा पुप्याउदै नेपाली समुदायलाई एकआपसको सम्बन्धलाई मजबुत र एककृत गराउँदै आएको संस्था नेपाल मा दुख सुख दैविक प्रकोप भूकम्प बाढी पहिरो मा साथ र सहयोग गर्दै आएको संस्था पछिल्लो केही समय देखी अस्थिरता राजनीतिक अस्थिर सरकार र आआफ्नो स्वार्थ पूर्तिको लागि विभिन्न राजनीतिक पार्टीले काँग्रेस, एमाले, माओवादीले आफ्नो वर्चस्व जमाई राख्न उनीहरूको परमादेशका आधारमा नभएको समस्या बनाएर वा कसैको राजनीतिक नेता वा राज्य सत्ताको शक्तिको र पैसाको आधारमा आफू नै सर्वैसर्वा वा सर्वोत्कृष्ट हुँ भन्ने प्रवृत्तिले सिङ्गो मिलेको समाज र सिङ्गो संस्था धमिलाउन कसैलाई अधिकार छैन खबरदार !! तपाईँहरूलाई यस्तो गर्न छुट छैन ।
यसरी संस्थाको गरिमामयलाई नै असर पर्ने खालका निर्णयहरूलाई न्यायालयले कसैलाई पाखा नबनाई कन लगभग ६० लाख भन्दा बढी नेपालीहरूको साझा संस्थाको विभिन्न चरणमा विभिन्न प्रकारका पत्रहरू र तिनका धारा तथा उपधाराहरूलाई आफ्नै तरिकाले व्याख्या गरी आफ्नै पक्ष तथा विपक्षमा आआफ्नै तर्कहरूलाई बजारी विभिन्न बाझिने खालका प्रेस मिट गर्ने गरिरहेको देखिन्छ। विश्व भरि छरिएर रहनुभएका नेपालीको जनभावनालाई समेट्ने खालको निर्णय आउनुपर्ने अति आवश्यकता हो किन आउन सकिरहेको छैन ?
एक थरीको एनआरएनएआईसीसीको एकताको अधिवेशन मे मइनामा गर्नै भनिरहँदा अहिलेसम्म नयाँ सदस्यता तथा नवीकरण गर्नुपर्ने तर खुली रहेको छैन यस्तै हो भने अक्टुहर मा गर्ने भनिएको अर्को एनआरएनएआईसीसीको पनि समय अपुग हुन सक्छ कसरी हुन्छ यसरी एकताको महाधिवेशन ?
एक थरी कार्यक्रम गर्दै जाने अर्को थरी कार्यक्रम रोक्न अथवा नगर्न पत्राचार गर्ने यस्तै हो भने संस्था २ र ३टुक्रा हुने सम्भावना देखिन्छ ।
यस्ता खालका वैधानिक वा अवैधानिक विभिन्न किसिमका निर्णयहरूलाई न्यायालयले कसैलाई काखा र कसैलाई पाखा नबनाई कन लगभग ६० लाख भन्दा बढी नेपालीको साझा संस्थाको विधि विधान संवत् रचनात्मक भूमिका खेली सहयोग गर्नुपर्ने ठाउँमा अझै नेपाल र नेपाल सरकार ले मान्यता प्राप्त संस्था एनआरएनएलाई अति नै धेरै नै महत्त्व दिने भएकोले नेपालको अस्थिरता राजनीतिक अस्थिर सरकार र आआफ्नो स्वार्थ पूर्तिको लागि बनेको विभिन्न आफ्नो कुनै उद्देश्यहीन ,विचारहीन र भाले पोथी जस्ता छेउ नटुप्पा जस्ता र कतै कम्युनिस्ट तथा गैर कम्युनिस्टहरू र कुनै राजावादी तथा प्रजातन्त्रका हिमायती भन्ने विभिन्न खालका राजनीतिक पार्टीहरू स्वार्थ पूर्ति का मिलेर बनेको गठबन्धन सरकार नेपालको सार्वभौम अखण्डता राष्ट्रियतालाई रक्षा समाजीक सुरक्षा गर्ने त कुरै छैन खाली आफ्नो पद र प्रतिष्ठा मान, सम्मान जोगाउनको लागि विभिन्न खालका सम्झौता र सहकार्य गठबन्धन भई राज्य सत्ता साझेदार मा सञ्चालन गर्दै आयका विभिन्न काल खण्डका प्रधानमन्त्री तथा र विभिन्न देशसँगलाई निहालिरहेका परराष्ट्र मन्त्रीको पावर सेयरिङका आधारमा आफ्नो राजनीतिक र आफ्नो राजनीतिक पार्टीलाई दब् दबा राखी आफ्नो पाटीको वर्चस्व राख्न खोज्ने यस्तो फोहोरी परिपाटीले विश्वभरि छरिरहेका नेपाली को साझा संस्थालाई धमिलाएर राख्न कसैलाई पनि छुट छैन नेपाल सरकार का सरकारवाला न्यायपालिकाले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।
नेपाल सरकारलाई विदेशमा भएका नेपालीहरूको रेमिट्यान्सको जति महत्त्व छ, त्योभन्दा नेपाली नागरिकको जनभावनाको महत्त्व दिएको देखिँदैन यसको लागी एकताको महाधिवेशन गरी पनि खबरदारी गर्नु जरुरी छ ।
यस संस्था स्थापनाकालदेखि अहिलेसम्म नेतृत्व गर्नुभएका अग्रज ज्यूहरू बाट यस्ता साना तीना समस्या लाई समाधान गरी सहमति सहकार्य नै आजको आवश्यकता हो भनी हो भनी एक पक्षले अर्को पक्ष नभईकन मेरो गोरुको बाह्रै टक्का नभनीकन सहमति सहकार्य नै आजको अति आवश्यकता हो भनी यस संस्थालाई विश्वभरि छरिरहनु भएका सम्पूर्णगैरआवासीय नेपाली जनभावनालाई सम्मान हुने गरी संस्थाका गरिमालाई पनि सिर ठुलो हुने गरी निर्णय गरी एकताको बाटोबाटअगाडी बढ्नुका विकल्प छैन यसैमा सिङ्गो समाज र जनभावनाको कदर हुनेछ र नेपाललाईनै टेवा पुग्नेछ
दीपक सुवेदी विप्लव उपसंयोजक
एनआरएनए जापान क्षेत्रीय समिति कान्तो