आफ्ताब आलमको ‘आइसियू’मा उपचार हुँदै, अवस्था चिन्ताजनक

जनता संवाददाता
२०८२ कार्तिक १५ गते, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ।

मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा उपचार भइरहेको जनाइएको छ। उहाँ लामो समयदेखि मिर्गौलाको डायलाइसिसमा थिए ।

विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उहाँले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। रासस

प्रकाशित मिति : २०८२ कार्तिक १५ गते, शनिबार


Scroll to Top

Janata Media