हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका स्थित छत्रपाल आधारभुत विद्यालयमा आगलागी भएको छ । अदानचुली गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सो बिद्यालयमा बुधावार राती ८ बजेबाट माथिल्लो तलाको तल पट्टीको झ्यालबाट आगलागी सुरु भएको हो ।
अगलागी भएको बिद्यालयको २ तले दुई कोठे भवन पुर्ण रुपमा जलेर नष्ट भएको छ । विद्यालयको मुल गेटमा रहेको भवनमा अफिस कोठा समेत माथिल्लो तलामा रहेको थियो ।
अफिस कोठामा रहेको भवनमा आगालागी हुदा विद्यायमा रहेका सम्पुर्ण दस्तावेज जलेर नष्ट भएका छन। अफिस कोठामा भएको सोलार १ सेट, २ थान ल्यापटप, २ डेसटप, ४ दराज, ४ वटा सोफासेट, २० वटा पलास्टिक कुर्चि, १ रिङ कुर्चि, ३ वटा मादल, हार्मोनियम, क्यासियो, ड्रम सेट, १२सेट डेस्क बेन्च, २ वटा पृन्टर बुक कर्नर, २०५२ साल देखीका डकुमेन्ट, कलाकाराका २० सेट ड्रेस, ३ वटा सिल्ड, २५० कचौरा, कार्पेट, पर्दा, ह्वाइट बार्ड, समेत नष्ट भएको शिक्षक नन्द फडेराले बताए। उनले विद्यालयको अफिस कोठामा आगालागी भएकाले २ करोड बढिको क्षती भएको छ ।
आगो बाल्ने घर समेत विद्यालय नजिक नरहेकाले अग्यात समुहले नियोजित तवरले आगलागी गरेको हुनसक्ने आसका गरिएको छ । आगलागी भएको समयमा अफिस कोठाको ढोकाको ताल्चा समेत नलगाइ ह्याण्डिल मात्र लागेको बिद्यालयक शिक्षक जमानसिंह परियारले बताए । बिद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ ।कालि बहादुर थापा







