थलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

जनता संवाददाता
२०८० मंसिर १५ गते, शुक्रबार

काठमाडौं । काठमाडौंको थलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा बिहीबार राति प्रदेश ३-०१-००३ क ६४८८ नम्बरको गाडी र बाग्मती प्रदेश ०२९०३२ प ३३४१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका-८ साखु घुमार चोक घर भएका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचार भइरहेको छ । गाडी चालक फरार छन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर १५ गते, शुक्रबार


Scroll to Top

Janata Media