काठमाडौँ । गत कार्तिक ७ गते राति करिब १२ बजे मृत्यु भएका हुम्लाको ताँजाकोट गाउँपालिका वडा नं ५ निवासि देउलु परियारको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
दाहसंस्कारमा पुर्व मन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा नेपाल दलित मुक्तिमोर्चाका केन्द्रिय अध्यक्ष दलजित शिपाइली, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा हुम्ला जिल्ला ईन्चार्ज झक बहादुर मल्ल, नेकपा (माओवादी केन्द्र) केन्द्रीय सल्लाहकार सदस्य तथा कर्णाली प्रदेश सरकारका पुर्व मन्त्री छिरिङ डम्डुल लामा ( कार्चेन), नेकपा (माओवादी केन्द्र) वैकल्पिक केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य रनसिंह परियार, कर्णाली प्रदेश सभा सदस्य कल बहादुर हमाल, राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्कि लगायत अन्य थुप्रै नेताहरुको उपस्थिति रहेको थियो ।
मृतक देउलु परियार हुम्ला जिल्लाकै कला सँस्कृतिका धनी व्यक्ति थिए । उनी दमाहा नाच, वेद, पुराण, चार्चि, मन्त्र लगायत सबै किसिमका ध्यानज्ञानका कार्यहरुमा चर्चित व्यक्ति थिए । उनी गत बैशाखदेखि नै सामान्य बिरामि थिए । मृतक देउलु परियारको २०८०/०७/११ गतेका दिन पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो ।
दाहसंस्कार गर्ने क्रममा हुम्ला जिल्लाबाट काठमाडौं स्थायी वा अस्थायी रुपमा बसोबास गरिरहेका सम्पूर्ण आफन्तजन, शुभेच्छुकहरु भेला भएर सतगद गरिएको हो । पशुपति आर्यघाटमा उपस्थित सबैले र उपस्थित हुन नसकेका सबैले पनि श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकमा भएका परिवारजनहरुलाई समवेदना व्यक्त गरेका हुन् । मृतकका ४ जना छोराहरु गणेश परियार, मदन परियार, पदम परियार र राजेन्द्र परियार हुन् भने छोरीहरु गिता परियार र दर्शना परियार गरि ६ जना सन्तान रहेका छन् भने एकजना भाइ चिने परियार हुन् ।










