पीडित गौशाला १८ वर्षभन्दा बढी, सन्दीपलाई ७ वर्ष जेल सजाय हुनसक्ने

जनता संवाददाता
२०८० पुष १३ गते, शुक्रबार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई जर्बजस्तीकरणी मुद्दामा दोषी ठहर गरेको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गर्दै पुस २५ गते कसुर निर्धारणका लागि पेशी तोकेको हो। नाबालिका दाबी गर्दै दर्ता भएको जर्बजस्तीकरणी मुद्दामा अदालतले पीडित बालिग भएको ठहर गरेको छ।

नाबालिका दाबी गरेकी गौशालालाई १८ वर्षभन्दा माथि उमेर भएको तर बलात्कार भएको अदालतले ठहर गरेको हो। अभियोगपत्रमा नाबालिकालाई जर्बजस्तीकरणी गरेको भन्दै सन्दीपलाई १० देखि १२ वर्षसम्मको जेल सजायसहितको उचित क्षतिपूर्ति माग गरिएको थियो।

मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्ष वा भन्दा बढी उमेरकी महिलालाई जबर्जस्तीकरणी भए ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ।

प्रकाशित मिति : २०८० पुष १३ गते, शुक्रबार


Scroll to Top

Janata Media