अरुण चौधरी र अजितनारायण सिंह थापा चिरायु अस्पतालमा भर्ना

जनता संवाददाता
२०८० माघ १९ गते, शुक्रबार

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुणकुमार चौधरी र अजितमानसिंह थापा चिरायु अस्पताल भर्ना भएका छन् ।

जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्ने अनुमति दिएपछि चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखी अस्पतालमा लगिएको हो।

पक्राउ परेकामध्ये थापा ८२ वर्षका छन् । उनको मुटुको समस्या छ । चौधरीलाई पनि रक्तचापको समस्या भएको भन्दै अस्पताल भर्ना गरिएको हो । यही प्रकरणमा अपराह्न सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ परेका छन् । उनलाई भोलि ९शुक्रबार० अदालतमा उपस्थित गराएर म्याद थप गर्ने तयारी छ ।

अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ ।

प्रकाशित मिति : २०८० माघ १९ गते, शुक्रबार


Scroll to Top

Janata Media