आठ दलिय गठबन्धनका सांसदहरुको अभिमुखिकरण कार्यक्रम आज

चक्र दानी
२०७९ फाल्गुन १८ गते, बिहीबार

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आठ दलिय गठबन्धनले सांसदहरुको अभिमुखिकरण कार्यक्रम गर्न लागेको छ ।

नेपाली काङ्ग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन गरेका सांसदहरुलाई आज प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

८ वटै दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु प्रशिक्षणमा सहभागि हुने छन् ।

काठमाण्डौको तीनकुनेस्थित रोयल व्याङ्क्वेटमा बिहीबार दिउँसो १ बजेदेखि अभिमुखिकरण कार्यक्रम सुरु हुने छ ।

पार्टीका शिर्ष नेताहरुले सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते, बिहीबार


Scroll to Top

Janata Media