गाजा युद्धविराममा भिटो लगाएकोमा अरब मुलुकद्वारा अमेरिकाको निन्दा

जनता संवाददाता
२०८० फाल्गुन १० गते, बिहीबार

काठमाडौं । दक्षिणी गाजा सहर राफामा इजराइली आक्रमणको आशङ्काबाट प्यालेस्टिनी क्षेत्रमा मानवीय सङ्कट गहिरिन सक्ने चिन्ता बढेका बेला गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अर्को प्रस्तावमा भिटो लगाएकामा अरब मुलुकहरूले अमेरिकाको निन्दा गरेका छन् ।

मङ्गलबार न्युयोर्कमा आयोजित राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन सत्रमा अल्जेरियाले अरब मुलुकहरूका तर्फबाट पेस गरेको मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यबीच १३ मत प्राप्त भएको छ । अमेरिकाले उक्त प्रस्तावविरुद्ध मतदान गर्यो भने बेलायत अनुपस्थित थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते, बिहीबार


Scroll to Top

Janata Media