डा.शर्माको गीत ‘उड्यो चरी’ सार्वजनिक, देशप्रेमले ओतप्रोत

जनता संवाददाता
२०८० चैत्र २६ गते, सोमबार

काठमाडौँ ।  डा.अच्युत शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘उड्यो चरी’ बोलको गीत उनले युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन् ।

शर्माको शब्दरचना रहेको गीतमा प्रवीण बेड्वालको स्वर छ । राजेश थापाको संगीत रहेको छ । गीतको लिरिकल भिडियो तयार गरिएको छ । लिरिकल भिडियो सम्पादन विनोद बमले गरेका छन् ।

गीतले देश प्रेमको कथा बोलेको छ । परदेशिन बाध्य नेपाली र त्यसको कारण के हो गीतले प्रश्न गरेको छ । देशमा बसेर पनि परदेशी भएजस्तै महसुस गर्नुपरेको तथ्यलाई पनि गीतले उजागर गरेको छ ।

मनभरी देशप्रेम बोकेर विदेशमा बस्न बाध्य नेपालीको कथा समेटिएको गीतमा गीतकार शर्माले उडी जाने चरीलाई बिम्व बनाएका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते, सोमबार


Scroll to Top

Janata Media