भन्सार तथा राजस्व छली गर्ने दुई जना पक्राउ

जनता संवाददाता
२०८१ बैशाख २६ गते, बुधबार

काठमाडौँ । प्रहरीले अवैध रूपमा चाइनिज मुद्रा नेपाल भित्र्याई भन्सार तथा राजस्व छली गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटीमा रहेको जियाङ सु होटल एण्ड रेस्टुरेण्ट प्रा.लि.मा चिनियाँ नागरिक वर्ष ४५ का याओ लियाङ्ग्लिन फेला परेका थिए ।

चिनियाँ नागरिकसँग नेपाली रुपियाँ ३७ लाख ८१ हजार ३५०, भारतीय १२ हजार, थाइ भाट दुई हजार, अमेरिकी डलर ५३०, युरो ३००, चाइनिज युआन ३२ हजार ७०, मोबाइल दुई थान, राहदानी एक थान, स्थायी परिचयपत्र एक थान, एटिएम कार्ड लगायतका सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, काठमाडौँको ठमेलस्थित होटल चेङ्दु प्रा.लि. मा स्थायी घर भक्तपुर भएका ३७ वर्षीय दीपेन्द्र श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठसँगै नेपाली रुपियाँ नौ लाख बरामद गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते, बुधबार


Scroll to Top

Janata Media