कपिलवस्तु बाणगंगामा मानव कङ्काल फेला

जनता संवाददाता
२०८२ भाद्र २२ गते, आईतवार

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा शनिवार मानव कङ्काल फेला परेको छ । स्थानीयले बाणगंगा नगरपालिका कार्यालयदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको वन क्षेत्रमा मानव कङ्काल देखेपछि इलाका प्रहरी कार्यालय पिपराको टोली खटिएको थियो ।

प्रहरी निरीक्षक लोकेन्द्र जिसीको कमान्डमा खटिएको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको थियो जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रारम्भिक विवरणअनुसार कङ्काल महिला वा पुरुषको हो भन्ने छुट्टाउन नसकिने अवस्थामा भेटिएको हो । प्रारम्भिक अनुसन्धान पछि फेला परेको कङ्काललाई पिपरा अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २२ गते, आईतवार


Scroll to Top

Janata Media