गगन समर्थित झाँक्रीको स्टाटस, आरोप लागाउँदा हेक्का राख्न लामिछानेलाई चेतावनी

जनता संवाददाता
२०८१ जेष्ठ ८ गते, मंगलवार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाक्रीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि लगाइएको आरोप पुष्टि गर्ने प्रमाणको भार आरोप लगाउनेले नै पूरा गर्नुपर्ने बताएकी छन् । उनले गगन आन्दोलनको नेता रहेको बताएकी छन् ।

गगन युवाहरुको राजनीतिक आईकन रहेको र आफ्नै सामथ्र्यमा नेता बनेको उनको बुझाइ छ ।हिजो (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री थापाले देशको गोप्य सूचना विदेशीलाई बेचेको र कृषि अनुदान लिएर हिनामिना गरेको आरोप लगाएका थिए ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले लगायको आरोपबारे झाँक्रिले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतीक आईकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो। गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ । हेक्का रहोस ।’

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते, मंगलवार


Scroll to Top

Janata Media