चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

जनता संवाददाता
२०८१ असार ३ गते, सोमबार

काठमाडौँ। पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीका ५६ वर्षीय विमलप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार गएराति ८ बजेतिर परेको चट्याङ लागेर पन्त गम्भीर घाइते भएका थियो ।

घरमै बसिरहेको बेलामा उहाँलाई चट्याङ लागेर घाइते भएको आफन्तले बताएका छन् । उनको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा गएराति १० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

उहाँ स्थानीय जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रकाशित मिति : २०८१ असार ३ गते, सोमबार


Scroll to Top

Janata Media