बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

जनता संवाददाता
२०८१ माघ ८ गते, मंगलवार

काठमाडौं । तेजस एकेडेमी कलेज बीरगञ्जको बसले साइकल यात्रीलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी किशोर लम्सालले दिएको जानकारी अनुसार तिब्र गतिमा रहेको ना ५ ख १५०४ नम्बरको बसले साइकल चालक जिल्ला बारा फेटा गाँउपालिका-५ बस्ने चोकट मिया भन्ने तमसोदिन मियालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, बस चालक जिल्ला बारा प्रसौनी गाउँपालिका-१ बस्ने देवा पासवान र बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले बताए ।

प्रकाशित मिति : २०८१ माघ ८ गते, मंगलवार


Scroll to Top

Janata Media