नुहाउने क्रममा डुबेर एक जना बेपत्ता

जनता संवाददाता
२०८१ भाद्र २३ गते, आईतवार

काठमाडौं । कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर एक किशोरी बेपत्ता भएकी छन् भने उद्धार गरिएका एकको अवस्था गम्भीर छ ।

धनगढी उपमहानगरपालिका–७ र १५ को सिमानामा पर्ने बेली पुल नजिक नुहाउने क्रममा धनगढी उपमहानगरपालिका–१४ जी गाउँका महादेव अवस्थीका दुई छोरी डुबेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नदीमा डुबेर १६ वर्षीया जेनिशा अवस्थी बेपत्ता भएको छ । १४ वर्षीया सवि अवस्थीलाई भने स्थानीयको सहयोगमा प्रहरीले पानीबाट निकालेर उपचारको लागि धनगढी पठाइएको हो ।

सविको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते, आईतवार


Scroll to Top

Janata Media