नेप्सेमा आज पनि ५७ अंकको गिरावट, २५ सय ८० बिन्दुमा बजार

जनता संवाददाता
२०८१ भाद्र ३१ गते, सोमबार

काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा आज पनि गिरावट आएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार ५० अंकले घटेको नेप्से आज पुनः ५७ दशमलव ०३ अंकले गिरावट आएको हो । २ दशमलव १६ प्रतिशतले शेयर बजारमा गिरावट आउँदा बजार सूचक २ हजार ५ सय ८० दशमलव ७६ बिन्दुमा रोकिएको नेप्सेले जनाएको छ ।त्यस्तै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज कुल एक करोड,

७० लाख ६१ हजार ८ सय ७ कित्ता शेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज १४ कम्पनी नाफामा देखिँदा २२७ कम्पनीको शेयर घाटामा रहेका छन् भने ३ वटा कम्पनीको शेयरमा कुनै परिवर्तन आएको छैन ।

त्यस्तै आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, हिमालयन हाइड्रोपावर लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, रावा इनर्जी डेभलवमेन्ट लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै नाफा कमाएका छन् । साथै गुडवील फाइनान्स, थ्री स्टार हाइड्रोपावर, नेपाल फाइनान्स लिमिटेड लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

केही समयदेखि शेयर बजार निरन्तर ओरालो यात्रामा रहेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते, सोमबार


Scroll to Top

Janata Media