एन्फा महिला लिग : पुलिस र चन्द्रपुरको गोलरहित बराबरी

जनता संवाददाता
२०८१ आश्विन २ गते, बुधबार

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।

ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा पुलिस र चन्द्रपुर गोलरहित बराबरीमा रोकिए ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । बराबरीसँगै ६ खेलबाट १२ अङ्क बनाएको पुलिस तेस्रो स्थानमा छ ।

चन्द्रपुरले समान खेलबाट सात अङ्क बनाएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।

 

प्रकाशित मिति : २०८१ आश्विन २ गते, बुधबार


Scroll to Top

Janata Media