
मुगु । मुगुका चार वटा स्थानीय तहको बेरुजु रकम १ अर्ब ३० करोड रहेको पाइएको छ । मुगुको एक नगरपालिका सहित तिन गाउँपालिकाको बेरुजु रकम १ अर्ब ३० करोड १५ लाख २० हजार रहेको पाइएको हो ।
गाउँपालिका राष्ट्रिय महांसघको आयोजनामा मुगु सदरमुकाम गमगढीमा शुक्रवार सञ्चालित स्थानीय सरकारमा वित्तीय अनुशासन पालना बेरुजु फर्छ्यौट र सुशासन प्रवर्द्धनका सम्बन्ध जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा मुगुका स्थानीय तहको बेरुजु रकम १ अर्ब ३० करोड १५ लाख २० हजार रहेको उल्लेख गरिएको छ ।
मुगुका चार वटै स्थानीय तहको यो बेरुजु रकम स्थानीय तह लागु भएदेखि आर्थिक वर्ष २०७९/८० सम्मको रहेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख भएको जनाइएको छ ।
मुगुका चार वटै स्थानीय तह छायाँनाथ रारा नगरपालिका,सोरु गाउँपालिका,खत्याड गाउँपालिका र मुगुमकार्मारोङ्ग गाउँपालिकाका मध्ये सबैभन्दा बढी बेरुजु रकम सोरु गाउँपालिकाको रहेको पाइएको छ भने सबै भन्दा कम बेरुजु रकम मुगुम कार्मारोङ्ग गाउँपालिकाको रहेको छ ।
सोरु गाउँपालिकाका सबै भन्दा बेरुजु रकम ६१ करोड २२ लाख ९३ हजार रहेको छ भने सबै भन्दा कम बेरुजु रकम मुगुम कार्मारोङ्ग गाउँपालिकाको ६ करोड ६६ लाख ३८ हजार रहेको छ भने छायाँनाथ रारा नगरपालिकाको १९ करोड ३५ लाख २३ हजार हरेको छ यता खत्याड गाउँपालिकाको ४२ करोड ९० लाख ६६ हजार बेरुजु रहेको मुगु सदरमुकाम गमगढी बजार आयोजित कार्यक्रम मार्फत महालेखा परीक्षकको कार्यालयका निर्देशक जगनाथ घिमिरेले जानकारी दिए ।
मुगुका स्थानीय तहमा रहेको १ अर्ब ३० करोड १५ लाख २० हजार बेरुजु रकम केही असुली, केही प्रमाण कागजात पेश गर्नु पर्ने र केही नियमित गर्नु पर्ने र केही पेश्की रकम सहतिको बेरुजु रहेको पाइएको छ ।