धारिलो हतियार प्रहार गरी हत्या

जनता संवाददाता
२०८१ मंसिर ६ गते, बिहीबार

काठमाडौं । दैलेखमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका –१३ खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले बोक्सी लगाएर आफूलाई बिरामी पारेको भन्दै कामीकै घरमा गएर सोही टोलका भुवनसिंह विक (४३) ले धारिलो हतियार प्रहार गरी हत्या गरेको जानकारी दिए ।

उनले धारिलो (हतियार) हँसिया प्रयोग गरी घाँटीमा हानेको र घाइतेलाई दुल्लु अस्पताल दैलेखमा उपचार गर्ने क्रममा मृत्यु भएको बताए । मृतकको शव दुल्लू अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

आरोपित भुवनसिंह बिकलाई पक्राउ गरी आवश्यक प्रारम्भिक अनुसन्धान थालिसकेको प्रहरी नायब निरीक्षक दहालले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ मंसिर ६ गते, बिहीबार


Scroll to Top

Janata Media