उच्च अदालत पाटनका न्यायाधीश रेग्मी र खनाल चढेको कार दुर्घटना

जनता संवाददाता
२०८१ माघ २ गते, बुधबार

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहाको जंगलमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी र कृष्ण खनाल घाइते भएका छन्।

प्रहरीका अनुसार न्यायाधीश रेग्मी चढेको बीएबी ७१४६ नम्बरको कार मदन भण्डारी राजमार्गअन्तर्गत नडाह खण्डमा साँझ ५ बजेर १० मिनेटको समयमा दुर्घटनामा परेको हो। कार काठमाडौंबाट विराटनगरतर्फ जाँदै थियो।

दुर्घटनामा ५४ वर्षीय न्यायाधीश रेग्मी र मोरङ विराटनगर उपमहानगरपालिका-४ बस्ने ६५ वर्षीय कृष्ण खनाल घाइते भएको प्रहरीले जनाएको छ। दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

सुनसरी प्रहरीका अनुसार न्यायाधीश रेग्मीको कान, खुट्टा र हातमा चोट लागेको छ। भने कृष्णको मुख र हातमा चोट लागेको छ।

प्रहरीले तीव्र गतिका कारण कारको ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ। कार चालक ५४ वर्षिय कृष्णमान खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०८१ माघ २ गते, बुधबार


Scroll to Top

Janata Media