बाजुरा । बाजुरामा बसको ठक्करबाट एक ४ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगंगा नगरपालिका वडा नम्बर ८ बस्ने कुल ल्वारका छोरा निशु लुवार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए।
प्रहरी प्रमुख गिरीका अनुसार बिहीबार दिउसो सदरमुकाम मार्तडीबाट कंचनपुरको महेन्द्रनगर जाँदै गरेको सु.प.प्र. ०१-००१९१०२०० नम्बरको बसले साँफे मार्तडी राजमार्ग अन्तर्गत बेतालमाण्डौ बजारमा बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।
मार्तडीबाट महेन्द्रनगरतर्फ गइरहेको बसले सडकमा हिडिरहेका बेला बालकले बाटो काट्ने क्रममा बसले किचेर मृत्यु भएको र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी कार्यालय बाजुराले जनाएको छ।







