काठमाडौँ । नेपालका कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको हो ।
नेपालका तर्फबाट कप्तान रोहितले ५४ बलमा ११२, दीपेन्द्रसिंह ऐरीले १८ बलमा २४ रन, कुशल भुर्तेलले १२ बलमा १६ र कुशल मल्लले १५ बलमा १६ रनको योगदान दिए।

वेस्ट इन्डिजका तर्फबाट बलिङमा ओवेड मकाइले ४ ओभरमा ३४ रन खर्चिएर २ विकेट, म्याथ्यु फोर्डले २ विकेट र किमो पलले एकरएक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाहुना टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०४ रन जोडेको थियो। जसमा कप्तान रोस्टन चेसले ४६ बलमा ७४ रन, केसी कार्टीले २० बलमा ३८ रन जोडेका थिए।
नेपालका तर्फबाट कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र कप्तान पौडेलले एकरएक विकेट लिए।







