काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध तीन खेलको अभ्यास सिरिज नेपालले एक खेल अगाडि जितेको छ ।
वीरगन्जको नारायणी क्रिकेट मैदानमा जारी सिरिजको दोस्रो खेलमा बिहीबार नेपाल एक सय दुई रनले विजयी भए । यसअघि मङ्गलाबार भएको पहिलो खेलमा नेपालले दिल्लीलाई पाँच विकेटले हराएको थियो ।
यससँगै सिरिजमा नेपालले २–० को अग्रता लिएको छ । सिरिजको अन्तिम खेल शनिबार हुनेछ । जितका लागि नेपालले दिएको ए कसय ९३ रनको लक्ष्य पछ्याएको दिल्लीले ३०।४ ओभरमा सवैविकेटको क्षतिमा ९० रन मात्र बनाउन सकेको थियो ।







