मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका प्रदेश उम्मेदवार दीपक निरौलालाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ।
निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्ने स्थानीयबासीको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बुढानिलकण्ठ प्रहरी प्रभागले जनाएको छ।
पक्राउ परेका निरौला एमाले काठमाडौ जिल्ला कमिटीका अध्यक्ष समेत हुन्। उनीहरुमाथि थप अनुसन्धानका लागि महाराजगंज वृत्त पठाइएको विभागले जनाएको छ।