काठमाडौँ । सोलुखुम्बु केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा ४.६ लोकल म्याग्निच्युडको भूकम्प गएको हो।
उक्त भूकम्पको केन्द्रबिन्दु सोलुखुम्बु जिल्लाको छेस्काम क्षेत्रमा रहेको केन्द्रले जनाएको छ।







