बस दुर्घटनामा दुईको मृत्यु, ३२ जना घाइते

जनता संवाददाता
२०८२ जेष्ठ २५ गते, आईतवार

काठमाडौं । तुलसीपुर उपमहानगरपालिका –१३ बखरियामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका –२ का ६५ वर्षिय नारायण भण्डारी र सोही ठाउँ निवासी ४२ वर्षिय शान्ता खड्का चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

दंगीशरण गाउँपालिकाको गोल्टाकुरीबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ४००९ नम्बरको गाडी तुलसीपुर १३ बखरियामा ब्रेक फेल भई दुर्घटना भएको हो ।

बसमा सवार ३२ जना घाइते भएको प्रहरीले जनाएको छ । दंगीशरण गाउँपालिका –२ निवासी २५ वर्षकी मनिषा बस्नेत, सोही ठाउँ निवासी ५२ वर्षकी गोमा सार्की ६० वर्षकी मोतिसरा सुनार, ३४ वर्षकी सीता पुन, ३२ वर्षकी सीमा पुन, २७ वर्षका कमला नेपाली, उनका छोरा ८ वर्षको शंकर नेपाली, ९ वर्षका सुशान्त नेपाली, वर्षका ४१ नोखीराम विक, ४८ वर्षका कुशल विक, २५ वर्षकी ललिता सुनार, ४८ वर्षकी कमला नेपाली, ४६ वर्षका अमृत कुसारी घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, ४५ वर्षका पार्वती नेपाली, १२ वर्षका राजेश विक, १० वर्षका प्रज्ज्वल परियार, ४४ वर्षकी भीमा वली, ४३ वर्षकी लक्ष्मी नेपाली, १० वर्षकी मन्दिका नेपाली, १५ वर्षकी यसोदा बस्नेत, ५४ वर्षका सुरामणि विक, ३३ वर्षका रोशन विक, ४१ वर्षका बालिका वली, २४ वर्षका घनश्याम बस्नेत, ३९ वर्षकी सीता नेपाली, ४१ वर्षका सूर्य नेपाली, ४८ वर्षका ठाकुरप्रसाद गिरी, २३ वर्षकी सीताकुसारी, २३ वर्षका अनन्त किरण शर्मा, कपुरकोट गाउँपालिकाका –५ रिमकी १९ वर्षका टीका घर्ती घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते, आईतवार


Scroll to Top

Janata Media