भारत सरकारद्वारा नेपाललाई ४० वटा एम्बुलेन्स उपहार

जनता संवाददाता
२०८२ असार १ गते, आईतवार

काठमाडौँ । भारत सरकारले नेपालका विभिन्न जिल्लामा स्वास्थ्य सेवा सुदृढीकरणका लागि ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ। यी सवारी साधन हस्तान्तरण समारोह काठमाडौं, वीरगंज, पोखरा र धरानमा एकैसाथ आयोजना गरिएको थियो।

काठमाडौंस्थित भारतीय राजदूतावास, वीरगंजको महावाणिज्य दूतावास तथा पोखरा र धरानका पेन्सन भुक्तानी कार्यालयहरुमा आयोजित समारोहमा नेपालका सातै प्रदेशका ३३ जिल्लामा प्रयोग हुनेगरी एम्बुलेन्स हस्तान्तरण गरियो। तीमध्ये २२ वटा एम्बुलेन्स काठमाडौंमा, ७–७ वटा वीरगंज र पोखरामा तथा ४ वटा धरानमा हस्तान्तरण गरिएको हो।

काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले विभिन्न लाभार्थी स्थानीय तहका प्रमुख तथा प्रतिनिधि श्रीवास्तवले आफ्नो सम्बोधनमा स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा नेपाल सरकारको पहलमा भारत सरकारको निरन्तर साथ रहने प्रतिबद्धता जनाउँदै यस्ता सहयोग भारत–नेपालबीचको जीवन्त र गहिरो विकास साझेदारीको प्रतीक भएको बताए। उनले विगत सात दशकयता भारत–नेपाल सम्बन्ध विभिन्न क्षेत्रहरुमा विस्तार र सुदृढीकरण हुँदै आएको पनि उल्लेख गरे।

वीरगंज, पोखरा र धरानमा सम्पन्न समारोहमा पनि स्थानीय लाभार्थी संस्थाका प्रतिनिधिहरुले एम्बुलेन्स प्राप्तिमा कृतज्ञता व्यक्त गर्दै यसले स्थानीय तहमा स्वास्थ्य सेवा सुलभ बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

भारत सरकारले १९९४ देखि हालसम्म नेपाललाई १०४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको जानकारी नेपालस्थित भारतीय दुतावासले जनाएको छ। यसबाहेक, ३०० वटा स्कुल बस, निर्वाचन प्रयोजनका लागि २०० वटा सवारी साधन र हालै परराष्ट्र मन्त्रालयलाई सगरमाथा संवादका लागि १५ वटा विद्युतीय सवारी साधन पनि भारतले उपहार दिएको छ।

भारत–नेपालबीचको बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारीले दुई देशबीचको जनस्तरीय सम्बन्धलाई झनै मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । हरुलाई चाबी हस्तान्तरण गरे। कार्यक्रममा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नगर तथा गाउँपालिकाका प्रमुख, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो।

प्रकाशित मिति : २०८२ असार १ गते, आईतवार


Scroll to Top

Janata Media