आज – १७ आषाढ २०८२ मंगलवार; यस्तो छ तपाईँको राशिफल

जनता संवाददाता
२०८२ असार १७ गते, मंगलवार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा गरेको शुभ कार्यको चर्चा चल्नेछ। प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक वा राजनैतिक चिन्ताबाट मुक्ति मिल्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। आर्थिक कारोबारमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कुनै कुराले मनमा हर्ष र उत्साह जाग्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा सफलता मिल्नेछ। छालाको समस्याबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सहयोगी र आफन्तहरूबाट सहयोग मिल्नेछ। आयार्जनका नयाँ स्रोतहरू बन्नेछन्। कार्यक्षेत्रमा नँया अवसर पाउँदा आत्मबल बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सहयोगीहरूको साथ मिल्नाले अप्ठ्यारा कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ। धर्मकर्ममा मन जानेछ। रचनात्मक कार्यमा जुट्नुपर्ने समय रहेको छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक कार्यमा सफलता मिल्नेछ। व्यवसायको क्षेत्रमा राम्रो लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। विद्यार्थीहरूलाई गुरुजनहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक विषयमा विश्वासको कमी आउन सक्छ सावधान रहनुहोस्। स्वास्थ्यको लागि व्यायाम वा आहारविहारमा ध्यान पुर्‍याउनुहोस्। मनमा दुविधा हुँदाहुँदै कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तहरूसँग मेलमिलाप बढ्नेछ। छोटो समयमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। प्रेममा धोखा मिल्न सक्छ सावधान रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भौतिक सुख सुविधामा धन खर्चका योग छन्। धेरै बोल्ने बानीले समस्या निम्त्याउनेछ। वैदेशिक क्षेत्रका कामकाजमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययनमा लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। आस देखाउनेहरूबाट सावधान रहनुहोला। गरिएका कार्यको उचित प्रतिफल प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा अरुको व्यवहारले गर्दा शंका भएपनि पनि माननीय जनहरूको सहयोग मिल्नेछ। धेरै फाइदाको लोभमा नाम बिग्रिन सक्ला सावधान रहनुहोस्। चुनौतीहरूको सामना गरेर दिगो कार्यको जग बसाउने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा गरेको कार्यको प्रशंसा हुनेछ। बौद्धिक र तार्किक शक्तिको विकास हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

प्रकाशित मिति : २०८२ असार १७ गते, मंगलवार


Scroll to Top

Janata Media