दुई करोड १९ लाख मूल्यको सामग्री सहित चिनियाँ नागरिक पक्राउ

जनता संवाददाता
२०८२ श्रावण १ गते, बिहीबार

काठमाडौँ । राजश्व छली गरी ल्याएर विक्री गर्ने सामग्रीसहित प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौँको सिनामंगलबाट उनलाई दुई करोड १९ लाख ७६ हजार ७ सय रुपियाँको सामग्री सहित चीनको स्यान्डोङ निवासी ३८ वर्षीय यु याङलाई प्रहरीले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।

उनको साथबाट विभिन्न मोडेलको ल्यापटपको ब्याट्री, विभिन्न कम्पनीको ल्यापटपको तयारी अवस्थामा रहेको ब्याट्री, ब्याट्रीका पार्टपुर्जा, ब्याट्रीको करभहरू, विभिन्न किसिमका साना ब्याट्री , विभिन्न ब्रान्डका सिसिटिभी क्यामेरा, स्क्रुड्राईभर सेट, चाइनिज फाइबरको ब्लाङकेट, ब्याट्रीमा प्रयोग हुने कभर, वाई फाइ राउटर, स्मार्ट घडीलगायतका सामग्री बरामद गरिएको छ ।

उनलाई थप अनुसन्धान सुरु गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ श्रावण १ गते, बिहीबार


Scroll to Top

Janata Media