विमान दुर्घटना : बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने

जनता संवाददाता
२०८१ श्रावण ९ गते, बुधबार

काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।

प्रकाशित मिति : २०८१ श्रावण ९ गते, बुधबार