हुम्लाको चंखेली गाँउपालिकामा राष्ट्रिय परिचयपत्र छपाई सुरु

जनता संवाददाता
२०८२ श्रावण २२ गते, बिहीबार

काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले राष्ट्रिय परिचयपत्र संकलन सुरु गरेको छ । जनताको घर दैलोमै पुगेर सेवा दिने मनसायले उक्त टोली घर–आँगनमै पुगेर राष्ट्रिय परिचय–पत्र संकलन कार्य सुरु गरेको हो ।

साउन १९ गते सोमबारदेखि चंखेली गाउँपालिका १ को रिमि भोरा बाडाबाट राष्ट्रिय परिचय पत्र संकलन कार्य सुरु गरेको चंखेली गाउँपालिकाले जानकारी दिएको छ । पछिल्लो समय नेपाल सरकारले सबै निकायमा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेपछि नागरिकलाई सास्ती भैरहेको समयमा चंखेली गाँउपालिकाले जिल्ला प्रशासन कार्यालय हुम्लालाई आग्रह गरेपछि आज बाट राष्ट्रिय परिचय पत्र बनाउन सुरु गरेको गाँउपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए । राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्ने सम्बन्धी सेवा गाउँ घरमा पु¥याएर चंखेली गाँउपालिका बासीकोे घरदैलोमा सहज सेवा प्रदान गर्नको लागि शिबिर सुरु गरेको गाँउपालिकाका अध्यक्ष शाहीले बताए ।

सामाजिक सुरक्षा भत्ता लिन र बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि अहिले घर–आँगनै पुगेर राष्ट्रिय परिचयपत्र कार्य जारी गरेको शाहीले बताए । अहिले वडा– एक को रिमि बाट चलिरहेको शिविर चंखेली गाँउपालीकाको प्रत्येक छ वटै वडामा सञ्चालन गरेर राष्ट्रिय परिचयपत्र बनाउने भएको गाँउपालिका अध्यक्ष शाहीले बताए ।

प्रकाशित मिति : २०८२ श्रावण २२ गते, बिहीबार


Scroll to Top

Janata Media