आजभन्दा ठिक १० वर्ष अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साह पक्राउ परेका थिए । उनको पक्राउ कुनै सामान्य नभएर एमबीबीएस परीक्षा पास गराईदिने भन्दै २ लाख रुपैँया ठगी गरेको विषय थियो ।
एमविविएस परीक्षामा पास गराईदिने भनी रकम लिएको प्रमाणित भएपछि प्रहरीले वल्र्ड वाईड कन्सल्टेन्सी पुतलीसडकका संचालक दिपक कुमार साहसहित उनका कर्मचारीलाई समेत २०७३ असोज १६, आइतवार पक्राउ गरेको थियो ।
काठमाडौँ विश्व विद्यालयबाट हुने एमविविएस परीक्षामा पास गरीदिन्छु तर पैसा लाग्छ भनी विश्वास दिलाई विद्यार्थीको आमासँग २ लाख लिने सहमती गरेका थिए ।
रकम बागेर्निङ गरी २ लाखको चेक लिए पश्चात अब काम हुन्छ, ढुक्क हुनुहोस भन्ने जस्ता आश्वासन दिदै गरेको अवस्थामा २०७३ असोज १२ गते प्रहरीको टोलीले पक्राउ गरेको थियो । तर उनै आरोपित अहिलेका माननिय मन्त्री साहलाई यहि विषयमा प्रश्न सोध्दा जवाफ नदिई हलबाटै निस्के ।
अहिले उनै ठगीमा पक्राउ परेका, गम्भीर दाग लागेका दिपक कुमार साह बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषद्मा छन् ।







